दफा २४
अभियुक्तलाई थुनामा राख्न सकिने
: (१) यस ऐन अन्तर्गत कारबाही चलाइएको कुनै व्यक्तिले कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा, व्यवधान वा प्रतिकूल प्रभाव पार्न सक्ने पर्याप्त कारण भएमा अनुसन्धान अधिकृतले कारण खुलाई निजलाई प्रचलित कानून बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आरोपित व्यक्तिलाई थुनामा राख्नु परेमा बाटाको म्याद बाहेक पक्राउ
गरेको चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई निजकोअनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले अनुसन्धान सन्तोषजनक भए वा नभएको विचारगरी एकपटकमा तीस दिनमा नबढ्ने गरी बढीमा नब्बे दिनसम्म थुनामाराख्ने अनुमति दिन सक्नेछ ।